आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिले लिए शपथ

बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिले लिए शपथ

नागरिक पाटी

७, जेठ २०८१
  • 3.8K
    SHARES
  • बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिले लिए शपथ

    बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशसभा सचिवालयमा आयोजित एक समारोहमा विषयगत समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

    images

    प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । प्रदेशसभाको विशेषाधिकार समितिका सभापति मायादेवी शर्मा, प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ र अर्थ तथा विकास समितिको सभापतिमा नुरज बज्राचार्य ले शपथ ग्रहण गरेका हुन् ।

    विशेषाधिकार समितिको सभापति शर्मा एकीकृत समाजवादीका सांसद हुन् भने प्रदेश मामिला समिति सभापति लामा र सार्वजनिक लेखा समिति सभापति लामिछाने कांग्रेसबाट प्रदेशसभा सदस्य हुन् । यस्तै शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ढकाल माओवादी केन्द्र, उद्योग पर्यटन तथा वातावरण समिति सभापति श्रेष्ठ एमाले र अर्थ तथा विकास समिति सभापति बज्राचार्य राप्रपाका साँसद हुन् ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ७, २०८१ सोमवार - १८:२४:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology