बागमती प्रदेश संसदीय समिति अन्तर्गत प्रदेशसभाको विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले शपथ लिएकी छिन् । प्रदेशसभा सचिवालयमा आयोजित एक समारोहमा उनि सहित विषयगत समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
यस्तै प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ र अर्थ तथा विकास समितिको सभापतिमा नुरज बज्राचार्य ले शपथ ग्रहण गरेका हुन् ।

विशेषाधिकार समितिको सभापति शर्मा एकीकृत समाजवादीका सांसद हुन् भने प्रदेश मामिला समिति सभापति लामा र सार्वजनिक लेखा समिति सभापति लामिछाने कांग्रेसबाट प्रदेशसभा सदस्य हुन् । यस्तै शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ढकाल माओवादी केन्द्र, उद्योग पर्यटन तथा वातावरण समिति सभापति श्रेष्ठ एमाले र अर्थ तथा विकास समिति सभापति बज्राचार्य राप्रपाका साँसद हुन् ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।