आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बेनिघाट रोराङमा रहेको वितेश आधारभूत विद्यालयमा शैक्षिक अक्षयकोष स्थापना

बेनिघाट रोराङमा रहेको वितेश आधारभूत विद्यालयमा शैक्षिक अक्षयकोष स्थापना

सनिता चेपाङ

८, जेठ २०८१
  • 4.5K
    SHARES
  • बेनिघाट रोराङमा रहेको वितेश आधारभूत विद्यालयमा शैक्षिक अक्षयकोष स्थापना

    धार्के,धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ मा रहेको वितेश आधारभुत विद्यालमा शैक्षिक अक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण गरिएको छ। वितेश शैक्षिक सहायता कोषको लागि रकम हस्तान्तरण गरिएको विद्यालयले बताएको छ ।

    images

    विपन्न, दलित, सिमान्तकृत, जेहेन्दार, उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराई विद्यालयको शैक्षिक स्तर बृद्धि गर्न अक्षय कोष स्थापना गर्नुको मुख्य उद्धेश्य रहेको विद्यालयका प्रधानाध्यापक सूर्यजंग भट्टराईले बताउनु भयो ।

    441370949_2540630376120057_3089833208848180712_n.jpg

    अक्षयकोष निमार्णको लागि प्रवास नेपाली सम्पर्क विभाग जापानद्धारा रु. तिन लाख रुपैया हस्तान्तरण गरीएको छ । यस्तै बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ष्ठले रु.एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ, वडा नं ९ का वडा अध्यक्ष देवी बहादुर खड्काले रु.पचास हजार रुपैयाँ, पुव प्रधानाध्यापक बोधकुमार पोखरेलले रु.उनन्चालिस हजार तिन सय उनन्चालिस रुपैयाँ गरी जम्मा रु. चार लाख चालिस हजार चार सय एकचालिस रुपैया संकलन भएको प्रधानाध्यापक भट्टराईले बताउनु भयो ।

    441953903_1181039249479474_609130220078297888_n.jpg

    भर्चुअल माध्यमबाट जोडिनु भएका अतिथि प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख दिलेन्द्र प्रसाद जोशीको संयोजकत्वमा शैक्षिक अक्षकोषको अवधारणालाई स्थापित गरिएको विद्यालयले बताएको छ । आफ्नो जन्मभूमि छोडी जापान बस्ने प्रवास नेपाली दाजुभाईहरुले आफ्नो गाँस विद्यालयलाई आर्थिक सहयोग जुटाई अक्षयकोष स्थापना गर्नु रकम हस्तान्तरण गर्नुभएको प्रती विद्यालय परिवारले धन्यवाद दिएको छ ।

    शिक्षिका रचना श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक),उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, वडा अध्यक्ष देवी बहादुर खड्का, शिक्षा समिति सदस्य एवम् शिक्षा प्रेमी हेमनाथ थपलिया, प्रवास नेपाली सम्पर्क विभागका केन्द्रीय सदस्य प्रकाश आचार्य, राजन गौतम,नारायण रिजाल,दिनेश श्रेष्ठ,सूर्यमणि पाठक, विष्णुहरि सिलवाल, अमृत श्रेष्ठ, पूर्व प्रधानाध्यापक बोधकुमार ,पोखरेल छिमेकी विद्यालयका प्रधानाध्यापकहरु, विद्यालयका शिक्षक, शिक्षिकाहरु, विद्यार्थीहरु लगायत स्थानिय अभिभावकहरुको सहभागिता रहेको थियो ।

    अक्षयकोषमा सहयोग गरी बालबालिकाहरुको उज्जल भविष्य निर्माणमा टेवा पुर्याउन देश तथा विदेशमा रहनु हुने सम्पुर्णमा नेपालीहरुलाई विद्यालयले आग्रह गरेको छ । यस कोषलाई निकट भविष्यमै पचास लाख पुर्याउने लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक भट्टराईले रेडियो राजमार्गलाई जानकारी दिनुभयो।

     

    images
    images
    images
    प्रकाशित मिति :जेठ ८, २०८१ मंगलवार - ०९:०५:०४ बजे

    सनिता चेपाङ

    सनिता चेपाङ नागरिकपाटी डटकममा आवद्ध रहेर समाचार सम्प्रेषणको काम गर्छिन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology