धादिङ । पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडकखण्डअन्तर्गत धादिङको गल्छी–बैरेनीमा सडक दुई तर्फि सञ्चालनमा आएको छ। सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति देखि अबरुद्ध रहेको गल्छी–बैरेनीमा सडक दुवै तर्फि सञ्चालनमा आएको प्रहरीले बताएको छ।
उक्त स्थानमा गएरातीको मन्सुनी वर्षातले सडकमा क्षति पुर्याएको र माटो लेदो बनाएका कारण दुवैतर्फ सडक अवरुद्ध भएको थियो । सडक निर्माण व्यवसायी र स्थानीय प्रशासनले अवररोधलाई पन्छाए पछि राजमार्ग सञ्चालन भएको प्रहरीले बताएको छ ।
वर्षा भइरहेकाले राजमार्गमा यात्रा गर्दा सहिसूचना लिएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।