मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

बजेट भाषण पछि सेयर बजार लाग्यो ओरालो

बजेट भाषण पछि सेयर बजार लाग्यो ओरालो

नागरिक पाटी

१६, जेठ २०८१
  • 4.3K
    SHARES
  • बजेट भाषण पछि सेयर बजार लाग्यो ओरालो

    बजेटपछिको पहिलो कारोबार दिन बुधबार नेप्से परिसूचक २३ दशमलव ८१ अंकले घटेर दुई हजार ८९ दशमलव ४२ विन्दुमा झरेको छ । मंगलबार सार्वजनिक भएको बजेटले पुँजी बजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरू निराश देखिएका हुन् । बजेटले केही ऊर्जा थप्ने र सुस्ताएको पुँजी बजारमा उत्साह छाउने आशामा बसेका लगानीकर्ता मंगलबार बजेट सार्वजनिक भएपछि निरास भएका हुन् ।

    images

    पुँजी बजारसँग सम्बन्धित निकायहरू धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको क्षमता वृद्धि र संरचनागत सुधार गर्ने मात्र गरेर उनले अमूर्त कुरा बजेटमा गरिएको छ । त्यसैगरी, सिडिएस क्लियरिंग र बस्तु विनिमय एक्सचेन्जको विषयमा समेत त्यसबारे थप काम गर्ने उल्लेख अर्थमन्त्री पुनले गरेका छन् ।

    नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । आज अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । हिजो ३ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएको थियो । आज उपसमूहमध्ये चारको सूचको उकालो लागेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०८१ बुधवार - १८:१९:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology