सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

बजेट भाषण पछि सेयर बजार लाग्यो ओरालो

बजेट भाषण पछि सेयर बजार लाग्यो ओरालो

नागरिक पाटी

१६, जेठ २०८१
  • 4.6K
    SHARES
  • बजेट भाषण पछि सेयर बजार लाग्यो ओरालो
    images

    बजेटपछिको पहिलो कारोबार दिन बुधबार नेप्से परिसूचक २३ दशमलव ८१ अंकले घटेर दुई हजार ८९ दशमलव ४२ विन्दुमा झरेको छ । मंगलबार सार्वजनिक भएको बजेटले पुँजी बजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरू निराश देखिएका हुन् । बजेटले केही ऊर्जा थप्ने र सुस्ताएको पुँजी बजारमा उत्साह छाउने आशामा बसेका लगानीकर्ता मंगलबार बजेट सार्वजनिक भएपछि निरास भएका हुन् ।

    images

    पुँजी बजारसँग सम्बन्धित निकायहरू धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको क्षमता वृद्धि र संरचनागत सुधार गर्ने मात्र गरेर उनले अमूर्त कुरा बजेटमा गरिएको छ । त्यसैगरी, सिडिएस क्लियरिंग र बस्तु विनिमय एक्सचेन्जको विषयमा समेत त्यसबारे थप काम गर्ने उल्लेख अर्थमन्त्री पुनले गरेका छन् ।

    नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । आज अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । हिजो ३ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएको थियो । आज उपसमूहमध्ये चारको सूचको उकालो लागेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०८१ बुधवार - १८:१९:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology