मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

नागरिक पाटी

२०, जेठ २०८१
  • 2.4K
    SHARES
  • दोहोरो अंकले बढ्यो सेयर बजार

    आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । आगामी आर्थिक वर्षको बजेट भाषणयता निरन्तर घटेको बजार आज भने १३।५१ अंकले बढेको हो । यो सँगै नेप्से परिसूचक २०८३ बिन्दुमा उक्लिएको छ ।

    images

    कारोबार अवधिभर ३२५ कम्पनीको ९६ करोड ९७ लाख २०६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३१ करोड १० लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य भनेर स्थिर छ ।

    यस दिन १० उपसूचकमा हरियाली छाएको छ भने ३ उपसूचक राताम्य बनेको छ । यस दिन मल्टीपपर्स फाइनान्स, र मकर सुरिमाया हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक, युनिलिभर नेपाल, पोखरा फाइनान्स लगायत कम्पनीको सेयरमूल्य सर्वाधिक घटेको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :जेठ २०, २०८१ आइतवार - १९:०१:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology