मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

शेयर बजारमा झन्डै ४ अंकको गिरावट

शेयर बजारमा झन्डै ४ अंकको गिरावट

नागरिक पाटी

२१, जेठ २०८१
  • 2.5K
    SHARES
  • शेयर बजारमा झन्डै ४ अंकको गिरावट

    आज नेप्से सूचकमा दोस्रो दिन झन्डै ४ अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३.९७ अंकले घट्दै २ हजार ७९.०७ अंकमा झरेको हो ।

    images

    नेप्से सूचक घटेसँगै आज कारोबार समेत घटेको छ । नेप्सेका अनुसार आज ४ अर्ब ४० लाख ७० हजार रुपैयाँ बराबरको ८८ लाख २० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । अघिल्लो दिन १३ अंकमाथिले नेप्से बढेको बजारमा ४ अर्ब ३१ करोड १० लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

    २४७ कम्पनीको सेयर कारोबार भएकोमा आज ११० कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको मूल्य घटेको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

    आज माइक्रो फाइनान्स समूहको उपसूचक बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।

     

    images
    images
    images
    प्रकाशित मिति :जेठ २१, २०८१ सोमवार - १६:३९:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology