आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

युनाईटेड मोदी हाइड्रोपावरको हकप्रद प्रस्ताव पारित

युनाईटेड मोदी हाइड्रोपावरको हकप्रद प्रस्ताव पारित

नागरिक पाटी

२७, जेठ २०८१
  • 3.6K
    SHARES
  • युनाईटेड मोदी हाइड्रोपावरको हकप्रद प्रस्ताव पारित

    युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको १० औँ वार्षिक साधारण सभा भव्य र सभ्य रूपले सम्पन्न भएको छ । सभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

    images

    साधारण सभाबाट नवीन सिलवाल, अविनास पण्डित, सपना गुरुङ र सुनिल भक्त श्रेष्ठ सञ्चालक समितिमा निर्वाचित भएका छन् । कम्पनीका अध्यक्ष रेणुका पाण्डेको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।

    लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने, लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षण कार्यको लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :जेठ २७, २०८१ आइतवार - १७:११:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology