शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मध्य र पश्चिम तराईमा तीन दिनसम्म तातो हावाको लहर चल्ने

मध्य र पश्चिम तराईमा तीन दिनसम्म तातो हावाको लहर चल्ने

  • 2.8K
    SHARES
  • मध्य र पश्चिम तराईमा तीन दिनसम्म तातो हावाको लहर चल्ने

    मध्य र पश्चिम तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावाको लहर चल्ने भएको छ ।

    images
    images


    मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन निकालेर आउँदो पर्सि ३१ गते बिहीवारसम्म मध्य र पश्चिम तराईका जिल्लामा तातो हावा र तातो हलर चल्ने सक्ने चेतावनी दिएको हो । यी क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार मध्य र पश्चिम तराईका केही ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि रहेको छ । पूर्वी क्षेत्रसहित बाग्मती, मधेश प्रदेशका जिल्लाको तापक्रम भने कम छ । अत्यधिक गर्मीका कारण तराई, मधेशसहित देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
    तातो हावाको लहरबाट हुने सम्भावित असरमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत समस्या देखिने डाक्टरहरूले बताएका छन् ।

    तातो हावाको लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्रै वा चिसो ठाउँमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिँड्न, हल्का सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन महाशाखाले आग्रह गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २९, २०८१ मंगलवार - १३:५७:४३ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology