गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
हिजो विश्वासको मत पाउनुभएका पाण्डेले आज दुई जना मन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री पाण्डेले हिजो नेकपा (माओवादी) केन्द्रको ’ह्विप’ लाई नटेरेर विश्वासको मत दिएका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेलाई मन्त्री बनाउनुभएको छ ।
मुख्यमन्त्री पाण्डेले दीपक मनाङेलाई भौतिक पूर्वाधार र नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई ऊर्जा तथा जलस्रोत मन्त्री बनाउनुभएको छ ।