हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ३७ अङ्कले बढेर २ हजार १ सय २१ दशमलव ६२ विन्दुमा पुगेको छ । आज होटल, हाइड्रोपावर, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज ३ सय १२ वटा कम्पनीका १ करोड २९ लाख कित्ता शेयर ५ अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ ।