मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

नेप्से आज ९.३२ अङ्कले घट्यो, पाँच महिनायताकै उच्च मूल्यको कारोबार

नेप्से आज ९.३२ अङ्कले घट्यो, पाँच महिनायताकै उच्च मूल्यको कारोबार

नागरिक पाटी

३१, जेठ २०८१
  • 2.4K
    SHARES
  • नेप्से आज ९.३२ अङ्कले घट्यो, पाँच महिनायताकै उच्च मूल्यको कारोबार

    लगातार तीन दिनसम्म बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ३२ अङ्कले घटेर २ हजार १ सय १२ दशमलव २९ विन्दुमा झरेको छ ।

    images

    आज विकास बैंक र फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन समृद्धि फाइनान्स, कुथेली बुखारी हाइड्रोपावर र साधना लघुवित्त कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

    आज बजार घटे पनि कारोबार रकम भने बढेर झन्डै पाँच महिनायताकै उच्च भएको छ । आज तीन सय १३ वटा कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर ६ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ । यसअघि गएको माघ ७ गते ७ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको थियो ।

    आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ३१, २०८१ बिहिवार - १८:१५:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology