अहिले देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
कोशीसहित मधेश र बाग्मती प्रदेशको पूर्वी भेगसम्म मनसुनको प्रभाव देखिएको छ । गएराति धादिङसहित बाग्मती र कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको छ ।
आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा तथा मधेस प्रदेशलगायत बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ ।