युरो कप फुटबलमा स्पेन, इटाली र स्वीट्जरल्यान्डले विजयी सुरुवात गरेका छन् ।
गएराति भएको खेलमा स्पेनले क्रोएसियालाई ३–० गोलले, इटालीले अल्वानियालाई २–१ गोलले र हिजो बेलुका भएको खेलमा स्वीट्जरल्यान्डले हङ्गेरीलाई ३–१ ले गोलले हराएको हो ।
आज तीन खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार बेलुका पौने ७ बजे पोल्यान्ड र नेदरल्यान्डस्, राति पौने १० बजे स्लोभेनिया र डेनमार्क तथा राति पौने एक बजे सर्विया र इंग्ल्यान्ड खेल्नेछन् । जर्मनीले आयोजना गरेको १७ औँ संस्करणको युरो कप आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । २४ वटा टोलीलाई छ वटा समूहमा विभाजन गरिएको छ ।