मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

सेयर बजारमा १७ अंकको गिरावट

सेयर बजारमा १७ अंकको गिरावट

नागरिक पाटी

२, आषाढ २०८१
  • 2.2K
    SHARES
  • सेयर बजारमा १७ अंकको गिरावट

    साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ विन्दुमा कायम भएको हो । सेन्सेटिभ इण्डेक्स ०.८६ प्रतिशतले बढेर ३७०.९३ विन्दुमा अडिएको छ ।

    images

    यसदिन ३१७ स्क्रिप्सको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रुपैयाँमा खरिदबिक्री भयो।

    यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । नेपाल फाइनान्सको सेयर १० प्रतिशतले बढ्यो । मनकामना स्मार्ट वित्तीय संस्थाको सेयर ९.९४ प्रतिशतले बढ्दा शिव श्री हाइड्रोपावरको ८.१७,कुथेली बुखारी स्माल हाइड्रोको ७.३५ प्रतिशत र दिव्यश्वरी हाइड्रोपावरको सेयर ६.७१ प्रतिशतले बढ्यो ।

    कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो । यसको ३० करोड मूल्य बराबरको सेयर कारोबार भयो । एनआरएन इन्फ्रास्टक्चरको १८ करोड,नगदी ग्रुपको १५ करोड,सीएचडीसी र समृद्धि फाइनान्सको सेयर १३ करोड मूल्यमा कारोबार भयो ।

     

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २, २०८१ आइतवार - १९:००:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology