मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

सेयर बजार १८ अंकले घट्यो

सेयर बजार १८ अंकले घट्यो

नागरिक पाटी

४, आषाढ २०८१
  • 2.4K
    SHARES
  • सेयर बजार १८ अंकले घट्यो

    साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स १ अंकले घटेर ३६७।२० विन्दुमा अडिएको छ।

    images

    सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १७ अंकले घटेको थियो। सो दिन ५ अर्ब रुपैयाँ माथिको सेयर कारोबार भएको थियो।

    यसदिन ३१८ स्क्रिप्सको ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

    समाज लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। माण्डु हामइ्रोपावरको सेयर ७.८३ प्रतिशतले बढ्दा विन नेपाल लघुवित्तको ६.२०,दिव्यश्वरी हाइड्रोपावरक ४.८६ र एनआईसी एसिया ब्यालेन्स फण्डको ३.९३ प्रतिशतले सेयर बढ्यो। कारोबार रकमका आधारमा बरुण हाइड्रोपावर शीर्षस्थानमा रहयो। सो कम्पनीको ११ करोड २७ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट ११ करोड,एनआरएन इन्फ्रास्टक्टरको १० करोड ग्लोबल आइएमई र माण्डु हाइड्रोपावरको ९/९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    १३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्। यसदिन कारोबारमा आएका ४० वटा स्टकको मूल्य बढ्दा १९८ वटाको मूल्य घटयो। ९ वटा स्टकको मूल्य भने स्थिर रह्यो।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ४, २०८१ मंगलवार - १६:२७:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology