आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘सोचेझैँ जिन्दगी रैनछ’ गाएकी मधु क्षत्री भन्छिन्, 'श्रीमान्‌ले कुटे, सरकारको शरणमा छु'

‘सोचेझैँ जिन्दगी रैनछ’ गाएकी मधु क्षत्री भन्छिन्, 'श्रीमान्‌ले कुटे, सरकारको शरणमा छु'

नागरिक पाटी

४, आषाढ २०८१
  • 3.9K
    SHARES
  • ‘सोचेझैँ जिन्दगी रैनछ’ गाएकी मधु क्षत्री भन्छिन्, 'श्रीमान्‌ले कुटे, सरकारको शरणमा छु'

    ‘सोचेझैँ जिन्दगी रैनछ’ गीतबाट चर्चामा आएकी गायिका मधु क्षत्रीको वैवाहिक जीवन समस्यामा परेको छ। गायिका मधुले सामाजिक सञ्जाल टिकटक र फेसबुक लाइभमा बोल्दै आफूमाथि श्रीमान्‌सहित परिवारले घरेलु हिंसा गरेको बताएकी छन्।

    images

    पहिलो श्रीमान्‌सँग सम्बन्ध विच्छेद भएपछि मधुले दुई वर्षअघि अस्ट्रेलिया बस्दै आएका सुरेश खड्कासँग दोस्रो बिहे गरेकी थिइन्।

    तर, आफ्नै गीतझैँ मधुको जीवन सोचेजस्तो हुन सकेन। बिहेपछि सांगीतिक करिअर छाडेर आफ्नी १७ वर्षिया छोरीसहित अस्ट्रेलिया पुगेकी मधु अहिले सामाजिक सञ्जालमा पीडा पोख्न थालेकी छन्।

    अस्ट्रेलियमा बुवाआमासँग बस्दै आएका सुरेशले पनि मधुसँग दोस्रो बिहे गरेका थिए। सुरेशका पहिलो श्रीमतीबाट पनि बच्चाहरू छन्। तर, उनीहरू सुरेशसँग भने बस्दैनन्।

    मधुको पहिलो श्रीमान्‌तर्फकी छोरीलाई स्वीकारेर सुरेशले बिहे गरेका थिए। तर, अस्ट्रेलिया पुगेपछि मधु र सुरेशको सम्बन्ध सुमधुर रहेन। आफूसँग बिहेपछि पनि श्रीमान् अरूसँग सम्बन्धमा रहेको मधुको शंका थियो।

    सुरेश पनि श्रीमतीप्रति यस्तै शंका गर्न थाले। जसले दुवैको सम्बन्धमा समस्या उत्पन्न हुन थालेको हो।

    मधुले ससुराले पनि पटक(पटक दुर्व्यवहार गर्न खोजेको आरोप लगाएकी छिन्। ससुराले ‘ब्याड टच’ गरेको सुनाउँदा श्रीमान्‌ले आफूलाई गाली गरेको उनको भनाइ छ।

    परिवारमा समस्या भएपछि तीन महिनाअघि नै छोरीसहित घर छाडेर हिँडेको मधुले बताएकी छन्। तर, पछि सुरेश रेस्क्यू सेन्टर पुगेर मधुलाई फकाएर घर लगे। त्यसपछि उनी गर्भवती भइन्। तर, पनि उनीहरूको सम्बन्ध राम्रो चल्न सकेन।

    मधुले गर्भवती अवस्थामा पनि श्रीमान्‌ले कुटपिट गरेको आरोप लगाएकी छन्।

    ‘गर्भवती श्रीमतीलाई छोडेर बाउआमासँग बसेर ऊ शिर ठाडो बनाएर मेरो चरित्रमा औँला उठाइरहेको छ। म किन शिर झुकाएर हिँड्नुरु मैले त नराम्रो काम गरेको छैन,’ उनले भनिन्, ‘मैले उसलाई बारम्बार म मायाको भोकी छु, पैसा नभए पनि माया र इज्जत देऊ भनेकी थिएँ। तर, उसले अस्ट्रेलिया आएको केही समयपछि परिवारको कुरा सुनेर मलाई कुटपिट गर्थ थाल्यो। सहन नसकिने भएपछि अलग बसिरहेकी छु।’

    उनले आफ्नो दोस्रो बिहे पनि धरापमा परेको खुलाएकी छन्। छोरीको जागिर भए पनि आफू सरकारको शरणमा बसिरहेको उनको भनाइ छ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ४, २०८१ मंगलवार - १७:५१:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology