मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

सेयर बजारमा सामान्य वृद्धि, ३ अर्ब ४० करोड रुपैयाँको कारोबार

सेयर बजारमा सामान्य वृद्धि, ३ अर्ब ४० करोड रुपैयाँको कारोबार

नागरिक पाटी

५, आषाढ २०८१
  • 2.2K
    SHARES
  • सेयर बजारमा सामान्य वृद्धि, ३ अर्ब ४० करोड रुपैयाँको कारोबार

    सेयर बजारमा सामान्य सुधार भएको छ । हिजो १८ दशमलव ७६ अङ्कले घटेको सेयर बजार परिसूचक नेप्से आज दुई दशमलव २७ अङ्कले बढेर दुई हजार ७८ दशमलव ७६ अङ्कमा पुगेको छ ।

    images

    आज बैंक, फाइनान्स, जलविद्युत, लघुवित्त, निर्जिवन विमा र अन्य समूहको सेयर बढेकोमा अन्य समूहको सेयर घटेको छ । आज फाइनान्स समूहको सेयर दुई दशमलव ६२ प्रतिशतले बढेको छ ।

    आज नेपाल फाइनान्स, समाज लघुवित्त र खुटेली बुखारी जलविद्युत् कम्पनीको सेयर झन्डै १० प्रतिशतले बढेको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर झन्डै १० प्रतिशतले नै घट्यो ।

    आज तीन सय आठ वटा कम्पनीका ७२ लाख नौ हजार कित्ता सेयर तीन अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको २० करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ५, २०८१ बुधवार - १८:११:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology