शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सर्लाहीमा सवारी दुर्घटनामा हुँदा तीन जनाको मृत्यु

सर्लाहीमा सवारी दुर्घटनामा हुँदा तीन जनाको मृत्यु

  • 3.4K
    SHARES
  • सर्लाहीमा सवारी दुर्घटनामा हुँदा तीन जनाको मृत्यु

    सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान सवारी दुर्घटनामा हुदा तीन जनाको मृत्यु भएको छ।

    images
    images

    पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका –११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ।

    घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनस्थित नमूना अस्पताल पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ। रुपन्देहीबाट जनकपुरतर्फ गईरहेको बस दुर्घटनामा परेको हो। बसमा ४० जना सवार रहेको प्रहरीले जनाएको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ६, २०८१ बिहिवार - ०९:३९:५४ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology