सुनको भाउ आज एक हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज एकैदिन एक हजार नौ सय रुपैयाँले बढेर तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी २५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।