चालू आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार यो पछिल्लो तीन वर्षयताकै कम व्यापार हो ।
गएको आर्थिक वर्ष जेठ मसान्तसम्म १६ खर्ब २४ अर्ब ५७ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८÷७९ को जेठ महिनासम्म १९ खर्ब ४९ अर्ब रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको थियो ।
यस वर्ष आयात र निर्यात दुवै व्यापार तीन वर्षयताकै कम भएको छ । चालू वर्षको जेठ महिनासम्म १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँको आयात व्यापार भएको छ ।गएको वर्ष यही अवधिमा एक खर्ब ४३ अर्ब रुपैयाँ र आर्थिक वर्ष २०७८र७९ को जेठ महिनासम्म एक खर्ब ८५ अर्ब रुपैयाँको निर्यात व्यापार भएको थियो ।
समग्रमा व्यापार घटे पनि राजस्व भने बढेको छ । जेठ महिनासम्म भन्सार विभागले तीन खर्ब ८६ अर्ब राजस्व सङ्कलन गरेको छ । गएको वर्षको जेठ महिनासम्म तीन खर्ब ५५ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।