शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हेटौँडाबाट झन्डै पौने तीन करोड रुपैयाँको ’भेप’ सहित पाँच जना पक्राउ

हेटौँडाबाट झन्डै पौने तीन करोड रुपैयाँको ’भेप’ सहित पाँच जना पक्राउ

  • 3.2K
    SHARES
  • हेटौँडाबाट झन्डै पौने तीन करोड रुपैयाँको ’भेप’ सहित पाँच जना पक्राउ

    मकवानपुरको हेटौँडाबाट झन्डै पौने तीन करोड रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) सहित पाँच जनालाई पक्राउ परेका छन् ।

    images
    images

    पक्राउ पर्नेहरूमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ का इन्द्रबहादुर दर्जी, बस चालक दोलखाको भीमेश्वर नगरपालिका–२ का कासलाम मोक्तान, सहचालक उदयपुरको कटारी नगरपालिका–११ का प्रविन्द्र राना,सन्तोष भुसाल र धनकुटाको बेलारा नगरपालिका–१६ का राजकुमार हिमाङ रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सीताराम एसपी रिजालका अनुसार बसमा यात्रुको सिटमाथि सिलिङको भागमा ’फल्स बटम’ बनाएर त्यसभित्र भेप राखेको पाइएको छ । बरामद भएको भेपसहित पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाएको एसपी रिजालले जानकारी दिनुभयो ।

    काठमाण्डौबाट दिल्ली जाँदै गरेको ना ६ ख ७१६३ नम्बरको बसबाट ५८ प्याकेट भेपसहित पाँच जनालाई पक्राउ गरेको रिजालले जानकारी दिनुभयो । भेपको मूल्य दुई करोड ७१ लाख २१ हजार ७८० रुपैयाँ बराबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ७, २०८१ शुक्रवार - १६:०८:०८ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology