आजदेखि मेलम्ची नदीको पानी काठमाण्डौ पठाउन बन्द गर्ने भने पनि तत्काल बन्द नहुने भएको छ । आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधानी अपनाएर काठमाण्डौ उपत्यकामा पानी पठाइने भएको हो ।
बाग्मती प्रदेशमा मनसुन सक्रिय भएसँगै मनसुनजन्य विपद्बाट आयोजना जोगाउन सरकारले आयोजना बन्द गर्ने तयारी गरेको थियो । गएको जेठ ३१ गते आयोजना बन्द गर्ने भनिएकोमा ठूलो वर्षा नहुँदासम्म पानी बन्द नगर्ने निर्णय भएपछि निरन्तर सञ्चालन गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताउनुभयो । तर नदीमा पानी धमिलो भएमा जुनसुकै बेला बन्द गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।