सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२० किलोभोल्टको विद्युत् सबस्टेशन निर्माण सम्पन्न भएको छ ।
बाह्रबिसे सबस्टेशनमा रहेका ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित सबस्टेशनका सम्पूर्ण उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको छ ।
मध्य भोटेकोशी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन शुरु भएपछि त्यही बिजुली प्रयोग गरी बाह्रबिसे सबस्टेशनलाई चार्ज गरिने प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको बिजुली यही सबस्टेशनमा जोडिने छ ।