भारतमा विषाक्त मदीराको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ ।
तमिलनाडु राज्यका मुख्यमन्त्री एम.के स्टालिनलका अनुसार मङ्गलबार मदीरा पिएका ३७ जनाको केही घण्टाभित्रै मृत्यु भएको र अन्य दर्जनौँ व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको जनाईएको छ । स्थानीयस्तरमा उत्पादन गरेको मदीरामा विषाक्त मेथानोल मिसाइएको पुष्टि भएको भारतीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।