सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् अस्ति शुक्रवारको तुलानामा दुई सय रुपैयाँले बढेको आज सुन तोलाको एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैबिच चाँदीको भाउ भने आज घटबढ भएको छैन । आज चाँदी तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।