सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएका टन् । । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज मन्त्रालयको विभाजन गरेर विना विभागीय पाँच जना मन्त्रीलाई जिम्मेवारी दिएका हुन् । पाँचै जना मन्त्रीले आजै कार्यभार सम्हालेका छन् ।
भौतिक फुटाएर बनाइएको जलस्रोत तथा सहरी मन्त्रालय नेकपा ९माओवादी केन्द्रका अक्कल रावलले पाएका छन् । यस्तै नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै सामाजिक मन्त्रालय फुटाएर माओवादीका ओमविक्रम भाट सरललाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्री बनाइएको छ ।
यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा ९एमाले० का वीरबहादुर थापा पातललाई वन तथा सहकारी र नेकपा एकीकृत समाजवादीका माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृति मन्त्री बनाइएको छ । एमालेकै हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।