उद्योगहरुको नवीकरणको माग राख्दै क्रसर व्यवसायीहरुले थालेको आन्दोलनले दुई साता पार गरेको छ ।
आफूहरुको माग सम्बोधनका लागि पटक–पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत सरोकारवाला निकायहरुसँग छलफल भए पनि माग सम्बोधन हुन नसकेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए । महासंघका महासचिव पुरुषोत्तम रेग्मीले नियमसम्मत दर्ता भएका क्रसर उद्योगहरु विगत १० वर्षदेखि नवीकरण हुन नसक्दा मारमा परेकाले आन्दोलन गर्नुपरेको बताए ।
तर माग सम्बोधनमा सरकार गम्भीर नभएको व्यवसायीहरुको गुनासो छ ।
नियमानुसार उद्योग नवीकरणको माग गर्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अगुवाइमा क्रसर व्यवसायीहरुले काठमाडौंको माइतीघर मण्डलामा यही असार १ गतेदेखि धर्ना तथा प्रदर्शन गर्दै आएका छन् ।