शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेसको पदाधिकारी बैठक बस्दै

कांग्रेसको पदाधिकारी बैठक बस्दै

  • 2.2K
    SHARES
  • कांग्रेसको पदाधिकारी बैठक बस्दै

    नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारीको बैठक बस्ने तयारी छ । बैठकमा नेकपा एमालेसँग गएराति भएको सत्ता साझेदारी र समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुनेछ ।

    images
    images

    कांग्रेस–एमालेबीच सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने सहमति भएको हो । यो सहमतिलाई अन्तिम रूप दिन बाँकी छ । दुई दलका नेताबीच भएको पछिल्लो छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली शुरुका दुई वर्ष र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

    दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको छ । सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको नेताहरुको दाबी छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १८, २०८१ मंगलवार - ०८:१०:५९ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology