शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एसईई मौका परीक्षाको तालिका सार्वजनिक

एसईई मौका परीक्षाको तालिका सार्वजनिक

  • 2.4K
    SHARES
  • एसईई मौका परीक्षाको तालिका सार्वजनिक

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा अर्को महिना साउन २३ गतेदेखि ३१ गतेसम्म हुनेछ । असार १६ गते बोर्ड बैठकले एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीका लागि पूरक अर्थात् (ग्रेडवृद्धि) परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    images
    images

    २०८० सालको नियमित परीक्षाको प्रवेशपत्र नै पुरक परीक्षाको प्रवेशपत्र कायम गरिएकोले त्यसै प्रवेशपत्रका आधारमा परीक्षामा सहभागी हुनुपर्नेछ । परीक्षा केन्द्रको जानकारी सम्बन्धित शिक्षा विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइबाट हुनेछ । तोकिएको केन्द्र र तालिका अनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीलाई परीक्षाको अर्को व्यवस्था गरिने छैन । परीक्षाफल रद्द भएका परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् ।

    शिक्षा विकास तथा समन्वय इकाइले ग्रेडवृद्धि परीक्षामा सामेल हुन आवेदन फाराम भर्ने परीक्षार्थीको विवरण २०८१ साल साउन १८ गते सम्ममा विद्यालयगत रूपमा विषयसमेत खुल्ने गरी परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा आइपुग्ने गरी पठाउनुहुन र परीक्षार्थीले बुझाएको आवेदन फाराम ६ महिनासम्म शिक्षा विकास तथा समन्वय इकाइले नै सुरक्षित राख्नुहुन बोर्डले अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १८, २०८१ मंगलवार - १४:५५:५४ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology