तनहुँको आँबुखैरेनी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धिका लागि आवासीय सुविधासहित तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाअन्तर्गतका विद्यालयबाट एसईईमा अनुत्तीर्ण विद्यार्थीका लागि ग्रेडवृद्धिमा सहभागी हुन पालिकाले आवासीय सुविधासहितको तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । गाउँपालिकाअन्तर्गतका दश विद्यालयमध्ये दुई वटा विद्यालयको नतिजा शून्य छ ।
रामशाह मा.वि. र मित्रता मा.वि.मा आजैदेखि अतिरिक्त कक्षा सञ्चालन गर्ने र त्यसका लागि शिक्षकले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।