भारतमा फेरि जीका भाइरसको संक्रमण भेटिएको छ । पुणेमा जीका भाइरसको संक्रमण भेटिएको स्वास्थ्यका अधिकारीले बताएका छन् । अहिलेसम्म त्यहाँ दुई जना गर्भवतीसहित छ जनामा संक्रमण देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
स्वास्थ्य सेवा विभागले संक्रमणको अवस्थाबारे बालबालिकामा निगरानी गरिरहेको जनाएको छ । संक्रमणका घटना पहिचान भएपछि स्वास्थ्य अधिकारीले नागरिकलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन् ।