युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् ।
अन्तिम १६ का खेलअन्तर्गत आज राति रोमानिया र नेदरल्यान्डस् तथा अस्ट्रिया र टर्की खेल्नेछन् । नेपाली समयअनुसार राति पौने १० बजे रोमानिया र नेदरल्यान्डस्बीच खेल हुँदैछ । यस्तै राति पौने १ बजे अस्ट्रिया र टर्कीबीच खेल हुनेछ ।