नौबिसेमा पुल निर्माण तथा फिटिङको काम भईरहेकाले राजमार्ग बन्द छ । राजमार्ग साँझ ६ बजे पछि मात्र खुल्ने ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ । सवारी चालक तथा यात्रुहरुलाई वैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरिएको छ ।
यी हुन् वैकल्पिक सडक
- धार्के तर्फ आउने र धार्केबाट काठमाण्डौँ तर्फ जाने सवारी साधनले धार्के-सितापाईलाको सडक प्रयोग गर्न सकिन्छ ।
- काठमाण्डौँ तर्फ जाने दुई पाङ्ग्रे तथा साना सवारी साधन धार्केबाट सितापाईला तर्फको बाटो गएर बद्रिटार बाट टायलघर र नगरपालिकाको केन्द्र हुँदै टायलघर निस्कन सकिन्छ । सोही रुट हुँदै काठमाण्डौँबाट धार्के निस्कन सकिन्छ ।
- धार्केबाट चालिसे-कोईरालाटार-मछिन्द्रावन हुँदै रेशमखेती निस्कन सकिन्छ । सोही रुट फर्कन पनि सकिन्छ ।