मेक्सिकोको दक्षिणी राज्य चिआपासमा दुई वटा लागूऔषध गिरोहबीच भएको झडपमा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा चार जना ग्वाटेमालाका नागरिक हुन् ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार एउटा कार्गो ट्रकभित्र १६ जनाको गोली हानी हत्या गरिएको थियो, अरू तीन जना गाडीको बाहिर मृत फेला परेका थिए । मेक्सिकोको सार्वजनिक सुरक्षा मन्त्रालयले मारिने १९ जना सबै लागूऔषध गिरोहका सदस्य रहेको बताएको छ ।