शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एकीकृत समाजवादीको महाधिवेशनमा दस्तावेजमा आएका सुझाव आज पेस हुने

एकीकृत समाजवादीको महाधिवेशनमा दस्तावेजमा आएका सुझाव आज पेस हुने

  • 3.2K
    SHARES
  • एकीकृत समाजवादीको महाधिवेशनमा दस्तावेजमा आएका सुझाव आज पेस हुने

    नेकपा (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ ।

    images
    images

    १२ समूह बनाएर गरिएको छलफलबाट आएका सुझाव आज बस्ने बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिनेछ । बैठक बिहान ११ बजे बस्नेछ । एक हजार ८४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले २९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गरेर असार २० गते महाधिवेशन समापन गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १९, २०८१ बुधवार - ०७:५२:१४ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology