नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले नेकपा एमालेसँग भएको सहमतिको अनुमोदन गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमालेसँगको सहमतिको स्वागत गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
बैठकले एमालेसँग भएको सहमतिलाई अनुमोदन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न अनुरोध गरेको उनले बताए ।