सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँ रहेको सुनको भाउ आज चार सय रुपैयाँले बढेर एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भएको हो ।
यस्तै चाँदीको भाउ आज २० रुपैयाँले बढेको छ । भाउ बढेर आज चाँदी तोलाको एक हजार आठ सय २५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।