नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिएका छन् ।
बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले गृहमन्त्रीले कांग्रेसलाई फाइल खोल्ने धम्की दिइरहेको भन्दै फाइल खोल्ने धम्की नभइ फाइल भए खोल्न आग्रह गरे । उनले लामिछानेले ब्ल्याकमेलिङको राजनीति गरिरहेको आरोप लगाए ।