नेपाली कांग्रेसले १० वटा भ्रातृ संगठनको महाधिवेशन सम्पन्न गर्न म्याद थप गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले म्याद थपको निर्णय गरेको हो ।
बैठकले भ्रातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गराउन फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक–फरक निर्देशक समिति गठन गर्नेसमेत निर्णय गरेको छ । नेविसंघसहित तरुण दल, महिला संघ, किसान महासंघ, दलित संघ, लोकतान्त्रिक खेलकुद संघ, प्रजातन्त्र सेनानी संघ, भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र थारु संघको महाधिवेशन सम्पन्न गर्न म्याद थप गरिएको हो ।