आइतवार, आश्विन १८ गते २०८३

Sunday, Oct 04 2026 आइतवार, आश्विन १८ गते २०८३

मकवानपुरमा जङ्गली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

मकवानपुरमा जङ्गली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

  • 3.4K
    SHARES
  • मकवानपुरमा जङ्गली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

    जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भीमफेदी गाउँपालिकामा एकै परिवारका सात जना बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा भीमफेदी–६ उर्लाघारीकी ६५ वर्षीया मङ्गली स्याङ्तान, उहाँका ३२ वर्षीय छोरा बुद्धिबहादुर, बुहारी ३० वर्षीया पासाङमाया, नाति सात वर्षीय लासाङ, बुद्ध स्याङ्तानकी छोरी १९ वर्षीया लक्ष्मीमाया, १५ वर्षीया पार्वती र सात वर्षीया छोरी आरती स्याङ्तान बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

    images
    images

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँच जनालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाएको उनले बताए । बिरामीमध्ये मङ्गली र लक्ष्मीमायाको हेटौँडामा रहेको अस्पतालमा उपचार भइरहेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २०, २०८१ बिहिवार - १७:५३:२० बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology