शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकारले आगामी वर्षका लागि धानको समर्थन मूल्य तोक्यो

सरकारले आगामी वर्षका लागि धानको समर्थन मूल्य तोक्यो

  • 2.2K
    SHARES
  • सरकारले आगामी वर्षका लागि धानको समर्थन मूल्य तोक्यो

    सरकारले आगामी आर्थिक वर्षका लागि धानको समर्थन मूल्य तोकेको छ ।

    images
    images

    प्रधानमन्त्रीनिवास बालुवाटारमा आज ९बिहीबार० बसेको मन्त्रिपरिषद्‍को बैठक धानको समर्थन मूल्य तोकेको हो । मोटा धानको प्रतिक्विन्टल तीन हजार ४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको प्रति क्विन्टल तीन हजार ५८० रुपैयाँ ६२ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

    त्यस्तै बैठकले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानबिन गर्न उच्च अदालतका पूर्वन्याधशीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।

    त्यसैगरी चीन सरकारको अनुदान सहायतामा हिल्सा(सिमकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा एकीकृत जाँच चौकी र अरनिको राजमार्गको चौथो चरणको मर्मत र निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न प्राप्त भएका पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २०, २०८१ बिहिवार - २२:०२:०१ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology