नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाले सुविधा सम्पन्न एम्बुलेन्स संचालनमा ल्याएको छ । बागमति प्रदेशसका पुर्व साँसद जगत बहादुर सिंखडाको बिशेष सहयोग र त्रिपुरासुन्दरी गाउँपालिकाको समन्वयमा उक्त एम्बुलेन्स संचालनमा ल्याईएको हो ।
शुक्रबार देखि संचालनमा ल्याईएको एम्बलेन्समा फोर ह्वील सिस्टम, प्राथमिक उपचारका औषधीहरु, ईमरजेन्सी समस्याका उपकरण लगायत सामाग्रीहरु जडान गरिएको छ । एम्बुलेन्स करिव २५ लाखको लागतमा खरिद गरि ल्याईएको हो ।
एम्बुलेन्स हस्तान्तरण समारोहमा पुर्व सासद जगत बहादुर सिम्खडा, रेडक्रस सोसाईटी धादिङ शाखाका सभापती दुर्लभ कुमार तामाङ लगायतको सहभागिता रहेको थियो ।