शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पृथ्वीराजमार्ग खुल्यो

पृथ्वीराजमार्ग खुल्यो

नागरिक पाटी

२२, आषाढ २०८१
  • 3.8K
    SHARES
  • पृथ्वीराजमार्ग खुल्यो

    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरो खसेर अवरुद्ध थर्पु–खैरेनीटार सडकखण्डमा यातायात सेवा पुनःसञ्चालनमा आएको छ । शुक्रबारदेखि परेको वर्षाका कारण मौरीओडारमा पहिरा खस्दा उक्त खण्ड अवरुद्ध भएको थियो ।

    images
    images

    पहिरो हटाएर राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । मुग्लिन पोखरा सडकखण्ड विस्तारका लागि काटिएको डाँडाबाट सडकमा पहिरा खस्दा यो खण्ड पानी परेपछि जोखिममा छ ।

    वर्षाका कारण सडक हिलाम्य हुँदा थर्पु–खैरेनी खण्डमा सवारी साधन सञ्चालनमा समस्या भएको छ । केही ठाउँमा सवारी साधन नै अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ । जिल्लाका अन्य ठाउँमा भने हालसम्म सडक पूर्ण रुपमा खुला रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २२, २०८१ शनिवार - १३:०१:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology