आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

नागरिक पाटी

२२, आषाढ २०८१
  • 2.5K
    SHARES
  • मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

    मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । १०७ सदस्यीय प्रदेशसभामा शनिबार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६७ जनाले समर्थन जनाएका छन् ।

    images

    उनको प्रस्तावको विपक्षमा ३४ मत परेको छ । प्रदेशसभामा शनिबार १०१ जना उपस्थित भएर मतदान गरेका थिए । २८ जेठमा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ६ दलको समर्थनमा जनमत पार्टीका सिंह मुख्यमन्त्री बनेका थिए । तर केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भएपछि शनिबार कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्री सिंहलाई आफ्नो दल जनमतसँगै नेकपा एमाले, काँग्रेस, लोसपा र नागरिक उन्मुक्ति पार्टीले विश्वासक‍ो मत दिएका छन् ।

    जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, संघीय समाजवादी पार्टीलगायतले भने विपक्षमा मतदान गरेका छन् । मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुअघि मन्त्रिपरिषदबाट माओवादी, एकीकृत समाजवादी, संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २२, २०८१ शनिवार - १९:०४:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology