आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बागमतीको मन्त्रीपरिषद् बैठक : एमालेका मन्त्री यसकारण अनुपस्थित

बागमतीको मन्त्रीपरिषद् बैठक : एमालेका मन्त्री यसकारण अनुपस्थित

नागरिक पाटी

२३, आषाढ २०८१
  • 2.5K
    SHARES
  • बागमतीको मन्त्रीपरिषद् बैठक : एमालेका मन्त्री यसकारण अनुपस्थित

    बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकमा एमालेका मन्त्री अनुपस्थित भएका छन् । आइतबार साँझ ७ बजेका लागि तय गरिएको मन्त्रीपरिषद् बैठकमा एमालेका मन्त्रीहरू अनुपस्थित भएका हुन् ।

    images

    एमाले र कांग्रेस सत्ता साझेदारीमा रहेकाले एमालेका मन्त्रीहरू सरकारबाट बाहिरिने तयारीमा रहेका छन् । सोही कारण बैठक उपस्थित नभएको एमालेका एक मन्त्रीले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री हेटौंडा आएलगत्तै राजीनामाको तयारी गरिएपनि मुख्यमन्त्रीकै आग्रहमा सोमबार मात्र राजीनामा दिने तयारी भएको छ ।

    प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ रहेका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २३, २०८१ आइतवार - २०:५१:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology