राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालाजु काठमाण्डौमा आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।
पार्टीको निर्णय सुनाउँदै कार्यवाहक प्रवक्ता मनिषा झाले केन्द्रीय समितिमा भएको छलफलका आधारमा ढकालले पार्टीको आचारसंहिता उल्लङ्घन गरेको ठहरसहित पदबाट बर्खास्त गरेको बताउनुभयो ।