सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ । आज नौ सय रुपैयाँले घटेर सुन तोलामा एक लाख ४४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलाको एक लाख ४५ हजार रूपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदी भाउ पनि तोलामा पाँच रुपैयाँले घटेको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार आठ सय ९० रुपैयाँ रहेकोमा आज तोलामा पाँच रुपैयाँले घटेर एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।