रुसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा ४१ जनाको मृत्यु भएको छ । झण्डै दुई सय जना घाइते भएका छन् । रुसले हिजो युक्रेनको राजधानी
कीभको एउटा बाल अस्पतालसहित मध्य र पूर्वी क्षेत्रमा हिजो दर्जनौँ मिसाइल आक्रमण गरेको थियो । हिजोको आक्रमणमा ४१ जनाको ज्यान गएको र १ सय ८४ जना घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।