सोमवार, कार्तिक ३० गते २०८३

Monday, Nov 16 2026 सोमवार, कार्तिक ३० गते २०८३

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिन एमालेको आग्रह

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिन एमालेको आग्रह

नागरिक पाटी

२५, आषाढ २०८१
  • 2.8K
    SHARES
  • बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिन एमालेको आग्रह

    असार २५ ,हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलले अल्पमतमा परिसकेको भन्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई राजीनामा दिन माग गरेको छ।

    images

    एमाले संसदीय दलका नेता एवम् बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले कामचलाउ हैसियतमा पुगिसकेको बागमती प्रदेशको वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्रीलाई यथाशीघ्र राजीनामा गरी सहमतीय सरकार निर्माण गर्ने अभियानलाई साथ दिन अनुरोध गर्नुभएको हो।

    एमालेका पाँच जना मन्त्रीले सोमबार प्रदेश सरकारबाट सामूहिक राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्तासँगै नेकपा माओवादीका जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ।

    नेता थपलियाले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले एमालेले लिइरहेको पहलकदमीलाई आत्मसाथ गर्दै बागमती प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्ने सहमतीय सरकार निर्माणको वातावरण बनाउन हामी क्रियाशील रहेको बताउनुभएको छ।

    ‘

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २५, २०८१ मंगलवार - १९:४७:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology